spot_img

Sunday, July 14, 2024

सूचना प्रविधिविना कुनै काम सम्भव छैन भन्ने कुरा सबैलाई महशुस भएको छ- सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा

माघ २० ,दाङ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान सरकार पार्टी एजेन्डाअनुसार नै अघि बढेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति दाङको आयोजनामा शनिवार गढवामा आयोजित तीन तहका सरकार र पार्टीको समन्वय विषयक कार्यशालामा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

बर्तमान सरकारले जनमुखी काम गर्न सफल भइरहेकाले प्रदेश र स्थानीय सरकारले पनि पार्टी एजेन्डामै रहेर काम गर्नुपर्ने उहाँले आग्रह गर्नुभयो । माओवादी केन्द्रको तर्फबाट तीन तहकै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सहभागी भएको कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले जनप्रतिनिधिलाई आफै गुनगान गाउनुभन्दा कामको समिक्षा गर्ने जिम्मा जनतालाई दिन आग्रह गर्नुभयो ।

मन्त्री  शर्माले भन्नुभयो, ‘हामी संघीय सरकारको तर्फबाट पार्टीको प्रतिबद्धताअनुरुप काम गरेका छौं, काम गर्न नसकेको अवस्थामा कारणसहित खुलाएर यो काम गर्न सकिएन भनेर भनेका छौं, प्रदेश र स्थानीय सरकारमा जिम्मेवारी पाउनुभएकाहरुले पनि काम गर्नुपर्छ, नसके कारणसहित सकिएन भन्नुपर्छ ।’

मन्त्री शर्माले सञ्चार मन्त्रालयमा नीतिगत रुपमा उल्लेख्य सुधार भए पनि धेरै काम गर्न बाँकी रहेको जानकारी दिनुभयो । सञ्चार मन्त्रालयको जिम्मेवारी पाएपछि आफुले धेरै सिक्ने अवसर पाएको जानकारी दिंदै मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा सुधार गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सूचना प्रविधिविना कुनै काम सम्भव छैन भन्ने कुरा सबैलाई महशुस भएको छ, प्रविधिको सूधार गर्ने ज्ञान सीप सिक्ने र रोजगारी सिर्जना गर्ने काम हुन्छ, यो सम्भव छ ।’

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहनुभएकी मन्त्री शर्माले पार्टी अनुशासन र पार्टीको नियममा सबै बस्नुपर्ने बताउनुभयो । माओवादीले जितेका पालिका, वडा अन्य वडाभन्दा पृथक जनमुखी, विकासमुखी देखिनुपर्ने भन्दै उहाँले कामको योजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।

माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले पार्टीबाट निर्वाचित भइसकेपछि पार्टीभन्दा माथि कोही नहुने भन्दै पार्टीले जनप्रतिनिधिको मुल्याङकन गर्ने र पार्टी एजेन्डाभन्दा वाहिर जान थालेमा खबरदारी गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार