spot_img

कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट छैन – गृहमन्त्री नारायणकाजी श्रेष्ठ

माघ १९ ,पाोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने उनले बताए ।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

त्यसको भोलिपल्ट गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन सकिकिने बताएका हुन् । पोखरामा शुक्रबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्वोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने बक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर ति¥या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’

निजी क्षेत्रको सहयोगबिना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको बताए । तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो । उने भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ ।

श्रेष्ठले अघि भने, ‘यसप्रकारको दबाब र हस्तक्षेप भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सकिन्नँ । त्यसैकारण म राष्ट्रसेवक कर्मचारीहरु र सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहान्छु, तपाईंहरु दृढतापूवर्कक उभिनुस् ।’

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार