spot_img

त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई हराउदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट एकदिवसीय प्रतियोगिताको फाइनलमा

माघ १८,काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार गण्डकी प्रदेशलाई  ६८ रनले हराउँदै आर्मीले  अर्को विभागीय टोली नेपाल पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो ।

आर्मी ९ खेलबाट ७ जितसहित १४ अंक बटुलेर दोस्रो स्थानमा रहँदै फाईनल पुग्यो । दुई खेलअघि नै पुलिस फाइलनमा स्थान बनाइसकेको थियो । शीर्ष स्थानको पुलिस अपराजित रह्याो र नौ खेलबाट १८ अंक बटुल्यो ।
आर्मीको जितसँगै गणितीय सम्भावना रहेको बागमती र मधेशको फाइनल खेल्ने सपना पूरा हुन सकेन । आर्मी, पुलिस, बागमती र मधेश प्रदेश एलिट ट्रफीको लागि छनोट भएका छन् ।

निर्णायक खेलमा आर्मीले३९.१ ओभरमा अल आउट हुँदै मात्र एक सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर प्रत्युत्तरमा गण्डकीले २३।४ ओभरमा अल आउट हुँदा मात्र ६४ रन बनाउन सक्यो । आर्मीका सहाब आलले चार, जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिएपछि गण्डकीको ब्याटिङ ध्वस्त भएको थियो ।

गण्डकीको इनिङ्समा ओपनर इश्वर क्षेत्रीले सर्वाधिक १६ र करण पंगेनीले १५ रन मात्रै बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सहाबले सात ओभरमा दुई मेडनसहित जम्मा १७ रन खर्चिएका थिए ।

यसअघि आर्मीले १ सय ३२ रन बनाउँदा  ओपनर इम्रान शेखले सर्वाधिक ३४ रनको योगदान गरेका थिए। सोमपाल कामीले २३, कप्तान विनोद भण्डारीले १९, कुशल मल्लले १५ रनको योगदान गरेका हुन् । गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार