spot_img

कुलिनरी आर्ट प्रतियोगितामा इडन गार्डेन मावि पहिलो

माघ १७,चितवन। चितवनको नारायणगढमा रहेको बालकुमारी कलेजले आयोजना गरेको कुलिनरी आर्ट प्रतियोगितामा भरतपुर–१० मा रहेको इडन गार्डेन माध्यमिक विद्यालय (मिलेनियम मोडल कलेज) पहिलो भएको छ । चितवन र नवलपुरमा होटल व्यवस्थापन पढाइ हुने विभिन्न २५ वटा शैक्षिक संस्थाहरु सहभागी भएको प्रतियोगितामा मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो भएको हो ।


माघ १५ मा दुवै जिल्लाका २५ वटा शैक्षिक संस्थाबीच भएको पहिलो चरणको प्रतियोगिताबाट विद्यालयसहित पाँच वटा शैक्षिक संस्था दोस्रो चरणमा प्रवेश गरेका थिए । बुधबार भएको फाइनल प्रतियोगितामा अन्य चार वटा शैक्षिक संस्थालाई पछि पार्दै मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो हुन सफल भएको कलेजका क्याम्पस प्रमुख ईश्वर पण्डितले जानकारी दिनुभयो । कलेजले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा ११ र १२ मा होटल व्यवस्थापनसहित विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन लगायतका कार्यक्रम र स्नातकमा त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरु बिएसडब्लु, व्यवस्थापन र शिक्षा शास्त्रका कार्यक्रम पनि सञ्चालन गर्दै आएको पण्डितले बताउनुभयो ।


  1. त्यसैगरी, उक्त कुलिनरी आर्ट प्रतियोगितामा कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस दोस्रो तथा आयोजक बालकुमारी कलेजका विद्यार्थीहरु तेस्रो भएका आयोजक बालकुमारी क्याम्पसका सहायक प्राध्यापक रोविन शर्माले जानकारी दिनुभयो । शर्माकाअनुसार प्रतियोगितामा पहिलो हुने इडन गार्डेन माविले रु १० हजार, दोस्रो हुने मध्यविन्दु बहुमुखी क्याम्पसले रु सात हजार पाँच सय तथा तेस्रो हुने बालकुमारी कलेजले रु ६ हजार नगद पुरस्कारसँगै ट्रफी र मेडल पाउनेछ । विजेता शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिने शर्माले बताउनुभयो ।
    बालकुमारी कलेजले माघ १९ गते शुक्रबारको दिन आयोजना गरेको बृहत् खाना महोत्सवको अवसरमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने शर्माको भनाइ छ । कलेज परिसरमा नै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म कलेजले खाना महोत्सवको आयोजना गरेको भन्दै सहभगिताका लागि उहाँले सबैलाई आग्रहसमेत गर्नुभएको छ । नारायणगढमा रहेको बालकुमारी कलेजले पहिलो पटक ‘बालकुमारी कलेज कुलिनरी आर्ट प्रतियोगिता–२०२४’ सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार