spot_img

Sunday, July 14, 2024

त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो

माघ १५,काठमाडौँ।  विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हरायो ।

जितसँगै आठ खेलबाट १२ अङ्क बनाएको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम सात खेलबाट आठ अङ्कसहित छैटौँ स्थानामा छ । सात खेलमा अपराजित रहेको नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्षस्थानमा छ । पुलिस दुई खेल अगावै फाइनलमा पुगिसकेको छ ।

जितका लागि आर्मीले दिएको दुई सय ६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ६८ रन बनाउनुभयो ।

शेर मल्लले २४, नरेन भट्टले १८ र प्रकाश पाण्डेले ११ रन जोड्नुभयो । बलिङमा आर्मीका जितेन्द्र मुखियाले पाँच विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा साहब आलम, बसिर अहमद र कुशल  मल्लले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ४८.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाउनुभयो । सन्दीप रजालीले ३७, बसिर अहमदले ३६, सोमपाल कामीले ३१, सोन्तोष कार्कीले ३० र साहब आलमले २१ रन जोड्नुभयो ।

बलिङमा सुदूरपश्चिमका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिनुभयो । नरेन साउदले तीन तथा विकाश आग्रीले एक विकेट झार्नुभयो।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार