spot_img

Tuesday, September 10, 2024

आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउन, प्रदेश सरकार लागि परेको छ -मुख्यमन्त्री पाण्डे

माघ ६ ,कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूँजीगत खर्च बढाउन सरकार लागेको बताउनु भएको छ ।

शनिबार नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको पत्रकार भेटघाट क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पूँजीगत खर्च गत वर्षको भन्दा बढाउन आफूहरू लागेको बताउनु भएको हो । सुरुका पाँच–छ महिना प्रक्रियामै जाने गरेकोमा यसलाई थप व्यवस्थापन गर्दै खर्च बढाउन गण्डकी प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । बहुवर्षीय बाहेकका ठेक्का अहिले बल्ल लाग्न थालेकाले अब खर्च क्रमश बढ्दै जाने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले आफ्नै प्रदेशमा अन्य प्रदेश हुँदै जानुपर्ने बाध्यता हटाउने विषयमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभयो । गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको त्रिवेणी नाका पुग्न लुम्बिनी प्रदेशहुँदै जानुपर्ने अवस्था रहेकोमा दुम्किबास –त्रिवेणी सडक खण्डको निर्माणका लागि आफूले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । यसका लागि संघ सरकारले समेत अपठ्यारो फुकाईदिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । नवलपुरको दुम्किबास–त्रिवेणी सडक चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जले आवश्यक सहजिकरण गरिदिनुपर्ने समेत मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

कावासोतीमा भएको पत्रकार भेटघाट कार्यक्रम युनियन जिल्ला सभापति खगराज सापकोटाको अध्यक्षता एवं उपाध्यक्ष सुजन अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार