spot_img

Wednesday, September 11, 2024

गैँडाकोट वडा नं. ६ को नारायणी नदी क्षेत्रमा स्थानियको सक्रियतामा मेसजाली लगाउन शुरु

माघ ०५ ,गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ६ को नारायणी नदी क्षेत्रमा मेसजाली लगाउन शुरु गरिएको छ ।  किसानहरुले बारीमा लगाएको खाद्य बालीमा जंगली जनावरले पटक पटक क्षति पुराएपछि नियन्त्रणका लागि शुक्रवार देखि स्थानियको सक्रियतामा मेसजाली लगाउन शुरु गरिएको  छ ।

गैँडाकोट नगरपालिका वडा नं. ६ सृजनशिल आधारभूत विद्यालयदेखि नमूना बोटेटोल सम्मको ८५० मिटर क्षेत्रमा मेसजाली लगाउन शुरु गरिएको गैँडाकोट नगरपालिका वडा नं. ६ का अध्यक्ष सुभाष चापागाइले जानकारी दिए ।

हरेक वर्ष किसानहरुले लगाएको बालीमा जंगली जनाबरहरु ( गैँडा, मृग,चित्री) लगायतले क्षति पुराउदै आएपछि त्यसको नियन्त्रणका लागि मेसजाली लगाइएको चापागाइले बताए । उनका अनुसार गैँडाकोट नगरपालिका नगरकार्यपालिकाको बैठकबाट विनियोजन गरिएको १० लाख रुपैँया छुट्टयाईएको थियो । मेसजाली लगाउने काममा वडाबासिहरुको श्रमदान रहेको छ ।

नारायणी नदी पार गरेर चितवन तर्फको ज्ञानेश्वर सामुदायिक वनक्षेत्रबाट गैँडाकोट प्रवेश गर्ने जंगली जनावरले हरेक वर्ष किसानहरुले लगाएको बालीमा क्षति पुराउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार