spot_img

गैंडाकोटमा रहेको मुना बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारणसभा कार्यक्रम सम्पन्न

 पौष २७ गैंडाकोट । गैंडाकोटमा रहेको मुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो ८ औं साधारणसभा तथा तेस्रो नेतृत्व चयन कार्यक्रम शुक्रवार गैंडाकोटमा सम्पन्न भएको छ । सहकारी संस्था संचालक समिति अध्यक्ष रबिन्द्रराज घिमिरेको अध्यक्षता र गैंडाकोट नगर वडा नम्बर ४ का अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा  “सहकार्य सङसङै समृद्धि” भन्ने नारालाई अगाडि बढाउदै सम्पुर्ण आफ्ना सदस्यहरूको वित्तीय आवश्यकता पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै संस्थाका सचिब मिलनराज घिमिरेले सचिब प्रतिबेदन राखेका थिए । नवलपुर जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाउदै दुई दशक अघि स्थापना भएको संस्थामा हाल २५०० सदस्य रहेका छन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि घिमिरेले मुना सहकारीको वार्षिक प्रगती प्रतिवेदनको प्रशंसा गर्दै सदस्यहरु सबै मिले मात्र कुनै पनि संस्थाले प्रगती गर्न सक्ने बताउदै सहकारीहरुले जनता लुट्यो भन्ने बिषय हल्ला मात्र भएको बताए । ८ औं साधारणसभाको अवसरमा संस्थाले आफ्ना सदस्य हरु लाई विभिन्न बचत शिर्षकमा उत्कृष्ट ठहर गर्दै सम्मान समेत गरेको थियो ।

कार्यक्रममा शान्ति न्यौपाने, प्रकाश सापकोटा, डिल्लिराज घिमिरे, इश्वरीनाथ रिमाल, टोलनाथ घिमिरे, कमला तिवारी, वामदेव घिमिरे, दिनेशराज न्यौपाने, कृष्ण सापकोटा, दुर्गादत्त पौडेल, रामचन्द्र घिमिरे, मेनुका घिमिरे, अमृतकान्त पण्डित, देबाअज घिमिरे, डिल्ली प्रसाद सापकोटा लगाएत अतिथी रहेको कार्यक्रममा कोषाध्यक्ष अमृतकान्त पण्डित, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक हरि पौडेल, ऋण उप-समितिको प्रतिबेदन ऋण उप समिती संयोजक मेनुका घिमिरे, सेवा व्याबस्थापन उप-समितिको तर्फबाट संयोजक एकदेब घिमिरेले समेत आफ्नो सुझाव पेस गरेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्ण लाई संस्थाका उपाध्यक्ष सीता चापागाईंले स्वागत गरेकि थिइन् । ८ औं साधारणसभाको सहजीकरण सचीव मिलनराज घिमिरेले गरेका थिए । तेस्रो नेतृत्व चयन समेतको कार्यक्रम रहेकोे भएपनी विविध कारणबस नेतृत्वचयन कार्यक्रम केही दिनभित्र गरिने अध्यक्ष रबिन्द्रराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार