spot_img

Sunday, July 14, 2024

पुस २१ गते नारायणगढमा काँडेतारको च्यारिटी शो हुने / फाल्गुन -२५ बाट प्रर्दशनमा आउने

१३ पुस, चितवन  ।   चलचित्र काँडेतारको प्रचारप्रसार गर्न चलचित्र निर्माण टोली चितवन आएको छ । नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको चलचित्र काँडेतारको टोली निर्देशक खड्का सहित चितवन आएका हुन् । पुस २१ गते इन्द्रदेव चलचित्र हलमा काँडेतारको च्यारिटी शो पनि गरिँदै छ । चलचित्रमा देशभक्ति झल्कने विषयवस्तु समेटिएको चलचित्रका निर्माता एवम् निर्देशक नवल खड्काले पत्रकार भेटघाट कार्यक्रममा बताएका थिए ।

चलचित्र पत्रकार संघ चितवन शाखाले शुक्रबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपालले आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने सन्देश दिने खालको चलचित्र बनेको बताए । सिमानामा नेपाली जनताले भोग्नु परेको समस्या र समाधानलाई चलचित्रमा उत्कृष्ट किसिमले प्रस्तुत गरेको उनले बताए ।

त्यस्तै, चलचित्रले नेपाल–भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते तथा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उनी बताउँछन् । चार करोड रुपैयाँ लगानीमा बनेको चलचित्र काँडेतार आगामी फागुन २५ गते देशभर प्रदर्शनमा आउने छ । ‘हामीले यस चलचित्रबाट नेपालको सीमानामा काँडेतार लगाएर नेपाल र नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन आवश्यक भइसकेको चलचित्रबाट सरकारलाई घचघच्याउन खोजेका छौं’, उनले भने ।

शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो। चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार