spot_img

Sunday, July 14, 2024

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि युएई लाई / नेपाल ४ विकेटले पराजित

कात्तिक,१०,काठमाडौं ।  नेपाल, युएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो। नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए।
सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो। युएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो। हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको युएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गर्‍यो। नेपाल भने समूह चरणका चारै खेल जिते पनि अन्तिम खेल फाइनलमा पराजित हुँदा उपाधिबाट बिमुख बन्यो।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार