single head

विकू सहकारीलाई चालु आवमा करिब १२ अर्ब १३ करोड रुपैयाँको वित्तीय लक्ष्य, गत वर्ष ९४ प्रतिशत उपलब्धि

single post top 1
गैडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि व्यवस्थापनलाई करिब १२ अर्ब १३ करोड रुपैयाँ बराबरको वित्तीय लक्ष्य प्रदान गरेको छ। गत आर्थिक वर्षमा निर्धारित लक्ष्यको करिब ९४ प्रतिशत उपलब्धि हासिल गरेको संस्थाले यस वर्ष अझ उच्च कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाले वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण कार्यक्रम आयोजना गर्दै सञ्चालक समितिबाट व्यवस्थापन प्रमुख तथा व्यवस्थापन प्रमुखबाट विभागीय, क्षेत्रीय र सेवा केन्द्र प्रमुखहरूलाई लक्ष्य हस्तान्तरण गरेको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले व्यवस्थापन प्रमुख माधवप्रसाद पौडेललाई चालु आर्थिक वर्षको वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गर्नुभयो। त्यसपछि व्यवस्थापन प्रमुख पौडेलले विभागीय, क्षेत्रीय तथा सेवा केन्द्र प्रमुखहरूलाई लक्ष्य हस्तान्तरण गर्नुभएको थियो।
लक्ष्य हस्तान्तरणपछि व्यवस्थापन प्रमुख पौडेलले सञ्चालक समितिले दिएको लक्ष्य पूरा गर्न सम्पूर्ण व्यवस्थापन टोली प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले अघिल्लो वर्ष लक्ष्यको करिब ९४ प्रतिशत उपलब्धि हासिल भएको अनुभवलाई आधार बनाएर यस वर्ष अझ प्रभावकारी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसअघि लक्ष्यको करिब ९४ प्रतिशत उपलब्धि हासिल गरिसकेको संस्थाले यस वर्ष करिब १२ अर्ब १३ करोड रुपैयाँको वित्तीय लक्ष्यसहित सेवा विस्तार, व्यवसायिक वृद्धि तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3