spot_img

Tuesday, January 13, 2026

भरतपुर ११ मा भोलिदेखि टोल स्तरीय भेट्रान्स फुटबल  

फागुन ८चितवन । प्रथम मिन्नानो वडा नम्बर ११ टोल स्तरीय भेट्रान्स ८ ए साइड फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । युनिक क्लब बसेनी र एभरेष्ट क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

युनिक क्लबको मैदानमा हुने प्रतियोगितामा ११ नम्बर वडा भित्रका १७ टोल सहभागी हुने संयोजक निर्मल अंमगाईले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ४५ देखि ५० किलोको खसी तथा उपविजेताले २० देखि २५ किलोको खसी प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक अंमगाईले बताए । प्रतियोगिताको उद्घाटन खेलमा निल गिरी टोल र जखडीमाई टोल भिड्नेछन् । खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :