माघ ३० ,गैँडाकोट (नबिन सुबेदी )। चौथो सस्करणको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ को सेमी फाइनल समीकरण पनि पुरा भएको छ ।
बुधबार हुने पहिलो सेमी फाइनलमा मुकुन्दसेन आधारभुत विधालय र रत्नराज्य माध्यामिक विधालय बिच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो सेमी फाइनलमा अमरज्योति माध्यामिक विद्यालय र अमर ईङलिस स्कुल बिच प्रतिस्पर्धा हुने नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा मंगलबार भएको क्वाटरफाइनलको पहिलो खेलमा मुकुन्दसेन आधारभुत विधालय बिजयी भएको छ । मुकुन्दसेन आधारभुत विधालयले नारायणी मा वि लाइ हराउदै सेमी फाइनलमा आफ्नो स्थान पक्का बनेको हो । उक्त खेलमा मुकुन्दसेन आधारभुत विधालयका बिज्ञान डीस्वा प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
तेस्तै दोश्रो खेलमा रत्नराज्य माध्यामिक विद्यालय बिजयी भएको छ । रत्नराज्य माध्यामिक विद्यालय र जनक नमुना माध्यामिक विद्यालय बीच भएको खेलमा रत्नराज्य माध्यामिक विद्यालयले जित हासिल गरेको छ । उक्त खेलमा रत्नराज्य माध्यामिक विद्यालयका नुसन सरु प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
तेस्तै क्वाटरफाइनलको तेस्रो खेलमा अमरज्योति माध्यामिक विद्यालय बिजयी भएको छ । लक्ष्मी माध्यामिक विद्यालयलाइ हराउदै अमरज्योति माध्यामिक विद्यालय बिजयी भएको हो । उक्त खेलमा अमरज्योति माध्यामिक विद्यालयका सिर्जन लोपा मगर प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
तेस्तै क्वाटरफाइनलको अन्त्तिम खेलमा अमर ईङलिस स्कुल बिजयी भएको छ । जनता मा वि र अमर ईङलिस स्कुल बीच भएको खेलमा अमर ईङलिस स्कुलले जित हासिल गरेको छ उक्त खेलमा अमर ईङलिस स्कुलका बिमल मल्ल प्लेयर अफ दि म्याच घोषित भएका थिए । गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको बुधबार समापन हुने भएको छ ।
नगरका संस्थागत र सामुदायिक गरि ३१ विद्यालयका कक्षा ८ सम्मका छात्रहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार, दोस्रो हुने समूहलाई ३१ हजार, तृतीय हुने दुइवटा समूहलाई १६/१६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।