spot_img

Thursday, July 16, 2026

नेपाल प्रिमियर लिग (एनपिएल) : जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्ससँग  ७२ रनले पराजित

मङ्सिर २६,काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको पहिलो हार बेहोरेको छ ।

लगातार चार खेल जितेको जनकपुर सुदूरपश्चिम रोयल्ससँग  ७२ रनले पराजित हुन पुग्यो ।

१ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रन बनाउँदै अलआउट भयो  ।

जनकपुरलाई कम स्कोरमा रोक्न हरमित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरिले समान २ विकेट लिए। नरेन साउद, सैफ जैव र स्कट कुग्लेजिनले हसमान एक विकेट लिए। हरमितले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र २ रन दिदा २ विकेट झारे। जोसुवा ट्रम्पले बनाएको १३ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर पुरै खेलेर नौ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । उसका लागि विनोद भण्डारीले ३३, सैफ जैबले २१, इशान पाण्डेले १७, ब्राण्डन म्याक मुलेनले ११ रन बनाए ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न जनकपुरका लागि किशोर महतोले ४ तथा शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए ।पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात गरेको सुदूरपश्चिम ओपनर जोडी टुट्ने वित्तिकै धराशायी भयो । ओपनर जैबलाई हर्ष ठकेरले आउट गरेपछि कमजोर हुँदै गएको सुदूरपश्चिम शेर मल्लले विनोद भण्डारीलाई आउट गरेपछि उठ्न सकेन् ।

जनकपुरले पहिलो हार भोग्दा सुदुरपश्चिमले भने लिगमा चौथो जित निकालेको छ। योसँगै अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले समान एक खेलमा हार र चार खेलमा जित निकालेका छन्।

जितसँगै सुदुरपश्चिमले ५ खेलबाट ८ अंक जोडेको छ। पराजित जनकपुरको पनि समान खेलबाट ८ अंक छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :