spot_img

Saturday, July 18, 2026

दमकमा निर्माण गरिएको १८ तले भवनको आज उद्घाटन हुँदै

मङ्सिर २३, झापा ।  दमकमा निर्माण गरिएको बहुपयोगी १८ तले भवनको आज उद्घाटन हुँदैछ ।

दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्।  सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए।  व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गरेका थिए।  यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको आज नै उद्घाटन गर्ने कार्यक्रम छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :