spot_img

Thursday, November 14, 2024

मुना बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारण सभा सम्पन्न

कार्तिक २४,गैंडाकोट ।  मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ  बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

जयश्री सामुदायिक वनको सभाहलमा शनिबार भएको कार्यक्रममा गैंडाकोट वाड नम्बर ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न  संस्थाको वार्षिक कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तावित लक्ष्य तथा बजेट लेखा परीक्षण, लेखा सुपरिवेक्षण प्रतिवेदन विभिन्न समयमा गरिएको सञ्चालक समिति निर्णयहरू अनुमोदन, आन्तरिक कार्यविधि नीति संशोधन तथा पारित विनियम संशोधन लगायतका निर्णयहरू पारित गर्दै संस्थाले आफ्नो नवौँ साधारण सभा सम्पन्न गरेको हो।

  • -advertisement-
  • -advertisement-

कार्यक्रममा प्रमुख अतिथि तेजप्रसाद घिमिरेले सहकारी विभागले बेलाबेलामा जारी गरेका नीति निर्देशिका पालना गर्नुपर्नेमा जोड दिँदै सदस्य लक्षित सहकारी बन्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा टोलनाथ घिमिरे, देवेन्द्र राज गौतम, संगीता घिमिरे, कृष्णप्रसाद न्यौपाने, ईश्वरीनाथ रिमाल, कृष्णप्रसाद पराजुली, दिनेशराज न्यौपाने, युवराज रिमाल लगायत विशेष अतिथि रहेको सभामा संस्थाका अध्यक्ष मिलनराज घिमिरेले आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गरेका थिए। उपाध्यक्ष सीता चापागाईंले उपस्थित सम्पूर्ण अतिथि लगायतलाई स्वागत मन्तव्य राखेकी थिइन्।

संस्थामा वास्तविक सम्पत्ति १५ करोड ३५ लाख ३६,३०२ रहेको संस्थाले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रस्तावित सम्पत्ति १५ करोड ८३ लाख ७०,५८४ पुर्याउने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष अमृतकान्त पण्डितले प्रस्तुत गरेको कोषाध्यक्ष प्रतिवेदनमा जनाइएको छ। संस्थाको उपसमितिलाई क्रियाशील बनाउनुपर्ने सदस्यहरूको सुझाव तथा गुनासो व्यवस्थापन गर्नुपर्ने नियमित रुपमा शिक्षा शिविर लगायत सदस्य शिक्षा कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने संस्थाको वित्तीय आधार नै सदस्यको सेयर पूँजी र बचत रकम भएकाले सेयर र बचत वृद्धिको योजना बनाई कार्यान्वयन गर्नुपर्ने, समग्र वित्तीय क्षेत्र डिजिटल बैंकिङ तर्फ आकर्षित भइरहेको र संस्था पनि डिजिटल बैंकिङ तर्फ उन्मुख हुनुपर्ने, आवश्यकता अनुसार विनियम नीति नियम कर्मचारी आर्थिक प्रशासनिक नियमावली आचारसंहिता आदि आवश्यक नीति अवलम्बन गर्नुपर्ने लगायतका सुझावहरू राख्दै लेखा सुपरिवेक्षण समिति संयोजक कपिल घिमिरेले आफ्नो प्रतिवेदन राखेका थिए।

कार्यक्रममा सचिवको प्रतिवेदन सह-सचिव एकदेव घिमिरेले  प्रस्तुत गर्नु भएको सभालाई संस्थाकी सचिव शान्ता पाण्डेले कर्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार