spot_img

Thursday, November 14, 2024

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

असोज २४ ,नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ। टाटा सन्सका भूतपूर्व अध्यक्ष  टाटाको बुधबार साँझ निधन भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो भन्नुुभयो ।

  • -advertisement-
  • -advertisement-

उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “रतन टाटाको निधनले दुःखी छु। उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो। हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।”

रक्षामन्त्री सिंहले लेख्नुभएको छ, “उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस्।” रासस\एएनआई

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार