spot_img

Tuesday, December 3, 2024

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र सम्बन्धमा निर्वाचन आयोगको निर्देशन

माघ ४ ,काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको परिचयपत्र सम्बन्धमा निर्देशन जारी गरेको छ ।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार मतदाताको पहिचानका लागि निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कुनै प्रमाण कागजात लिएर मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।

  • -advertisement-
  • -advertisement-

निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचयपत्रको आधारमा मतदान गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार